Incident Reports

अनिश्चितकालीन बन्दका कारण श्रमिकहरू मारमा

2015-08-23

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थारु संर्घष समिति, सङ्घीय मधेसी मोर्चाले गरेको अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीमा व्यापार व्यवसाय गर्ने व्यवसायी तथा श्रमिक मारमा परेका छन् । नौ दिनदेखि जारी बन्द अझ लम्बिने सम्भावना देखिएको हुँदा दैनिक मजदुरी गरेर खाने श्रमिकहरूका साथै सटर भाडा र बैंकको ब्याज लिएर व्यापार व्यवसायी गर्ने व्यवसायीहरूलाई चिन्ताले पिरोल्न थालेको छ । बन्दले व्यवसाय नै चौपट हुने भएपछि उनीहरू चिन्तामा परेका हुन् । व्यवसायीले निर्वाध रूपमा व्यवसाय गर्न नपाउँदा दैनिक नोक्सानी व्यहोरिरहेका छन् भने ती व्यवसायिक केन्द्रहरूमा काम गरेर गुजारा गर्ने श्रमिक, मजदुरलाई छाक र्टार्न समेत धौधौ पर्न थालेको छ । दिनहुँ चार करोड बराबरको व्यवसाय हुने सदरमुकाम जलेश्वरमा मात्र बन्दका कारण १२ लाख हारहारी व्यापार घाटा हुने गरेको जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष कृपाशंकर साहले बताए । त्यसैगरी वर्दिवास, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, औरही लगायतका व्यापारिक केन्द्रमा दैनिक १५ करोडको व्यापार हुने गरेको र बन्दले व्यवसाय ठप्प भएपछि ती बजारका व्यापारीले दैनिक ७५ लाख भन्दा बढी घाटा व्यहोर्नु परिरहेको अध्यक्ष साह बताउँछन् । 'बन्दले यहाँको व्यापार व्यवसाय धरापमा परेको छ,' अध्यक्ष साहले भने, 'अब बन्दकर्ताहरूले बन्दको विकल्प खोज्नै पर्छ ।' मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन बन्दले गर्दा जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ । जलेश्वर, वर्दिवास, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, औरही लगायत महोत्तरीका प्रमुख व्यापारिक केन्द्रका बजार, पसल, उद्योगधन्दा ठप्प छन् । जलेश्वरबाट संचालन हुने छोटो तथा लामो दुरीको यातायातका साधन नचल्दा यात्रुहरू सास्ती भोग्न बाध्य छन् ।

0 Comments

Related Trend Analysis