Incident Reports

एक वर्षमा १३ ओटा बलात्कारका मुद्दा

2015-08-23

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा आर्थिक वर्ष २०७१/०७२ मा बलात्कारका आठ र बलात्कार प्रयासका पाँच गरी १३ ओटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका सबै मुद्दा अदालतमा पेश भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर राजेन्द्र थापाले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका १ सय १० ओटा मुद्दामध्ये हत्याका दुई, बेचविखन दुई र बहुविवाहको एक ओटा मुद्दा दर्ता भएका थिए । यसैगरी महिला तथा बालबालिका सेवा केन्द्रमा सबैभन्दा बढी ४० ओटा घरेलु हिंसाका घटनाका उजुरी परेका छन् । त्यसमध्ये ३१ ओटा घटनामा पीडित र पीडकलाई झिकाई मिलापत्र गराइएको छ भने सात ओटा घटनाको पीडित र पीडक सर्म्पर्कमा नआएका कारण कारवाही हुन सकेको छैन । सर्म्पर्कमा नआएका मुद्दाहरू गाउँ घरमै मिल्ने र नआउने गरेको जानकारी प्राप्त हुने गरेको सेवा केन्द्रका प्रमुख तथा प्रहरी सहायक निरीक्षक खिलकुमारी राउतले बताएकी छिन् ।

0 Comments