Incident Reports

बीपीको सालिक तोडफोड

2015-08-24

Madhes, Rautahat, Gaur

updated ....गौर नगरपालिकास्थित बीपी चोकस्थित बिपी कोइरालाको सालिक तोडफोड भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बीपी कोइरालाका सालिक तोडफोड गरेका हुन् । मोर्चाले निकालेको लाठी प्रदर्शनसहितको जुलुसले सालिक तोडफोड गरेको हो । जिल्ला अदालत चोकदेखि सुरु भएको लाठी जुलुस प्रदर्शन गौरका विभिन्न क्षेत्रमा परिक्रमा गर्दै बीपी चोक पुग्दा आक्रोशित कार्यकर्ताले सालिक तोडफोड गरेका हुन् ।

गौर(रौतहट)– बन्द गराउँदै हिँड्ने मधेशी मोर्चाका कार्यकर्ताले जिल्लाका सरकारी कार्यालयहरुमा ढुंगामुडा प्रहार गर्न थालेपछि प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। बन्दकर्ताले जिल्ला प्रशासन, नापी, भूमिसुधार, मालपोतलगायतका ससरकारी कार्यालयमा ढुंगा र इँटाले प्रहार गरी तोडफेड गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ। बन्दकर्ताको प्रहारले जिल्ला अदालतको झ्यालको सीसा फुटेको प्रहरीले बताएको छ। हाल गरिएको सीमांकनअनुसार प्रदेश नं. २ मा पहाडी भूभाग नमिसाइएकोले पहाड पनि मिसाएर प्रदेश २ को पुनःसंरचना गर्न माग गर्दै मोर्चाले विगत ११ दिनदेखि मधेशका जिल्लाहरुमा बन्द गराएको छ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments