Incident Reports

दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पुजारी पक्राउ

2015-08-25

Gandaki, Baglung, Galkot

दुई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाग्लुङले बाग्लुङको नरेठाँटीका एक पुजारीलाई पक्राउ गरेको छ । नरेठाँट–१ की ६ वर्षकी र ८ वर्षकी दुई बालिकामाथि यौन दुर्व्यवहार आरोपमा दुदिलाभाटी–३ का ५४ वर्षका पुजारी धर्मदत्त पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुजारी पौडेललाई बालिकाका परिवारको उजुरिका आधारमा पक्राउ गरिएको हो । नरेठाँटीबाट पूजा गरी फर्किएका पण्डित पौडेलले घरछेउ नजिकैको पाखोमा खेलीरहेका दुई बालिकाको संवेदनशिल अंगमा छोएर यौन दुर्व्यवहार गरेको बालिकाका आफन्तले दिएको उजुरीमा उल्लेख छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Religious leader
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments