Incident Reports

वीरगञ्‍जका एसपीमाथि पेट्रोल बम प्रहार

2015-08-28

Madhes, Parsa, Birgunj

हड्तालमा रोकिएका गाडी स्कर्टिङमा पठाउने क्रममा मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार राति जिल्ला प्रहरी कार्यालय पर्साका एसपी दिवेश लोहनीको गाडीमा पेट्रोल बम प्रहार गरेका छन्। वीरगञ्जको सुख्खा बन्दरगाहस्थित भन्सार कार्यालयबाट प्रहरीको स्कर्टिङमा सामान बोकेका ट्रक लैजाने क्रममा एसपी लोहनीको गाडीमा पेट्रोल बम हानिएको हो। भन्सार कार्यालयबाट प्रहरीको स्कर्टिङमा गाडीहरु लैजाने क्रममा बहुअरी चोकमै मधेशी दलका कार्यकर्ताहरुले प्रहरीको गाडी र मालवाहक गाडीलाई लक्षित गर्दै तीनवटा पेट्रोल बम पनि प्रहार गरेका थिए। उक्त आक्रमणका क्रममा लोहनीको हातमा चोट लागेको छ। बम प्रहार भएपछि प्रदर्शनकारीलाई लखेट्ने क्रममा एसपी लोहनीलाई ढुंगालेसमेत लागेको थियो। पेट्रोल बम हानेपछि प्रदर्शनकारीलाई खेद्ने क्रममा हातमा चोट लागेको प्रहरी उपरीक्षक लोहनीले बताए। प्रहरीले स्कर्टिङ गरेर गाडी पठाउने क्रममा बन्दरागह नजिक बहुअरी चोक, प्रतिमा चोक र परवनीपुर बजारमा मधेसी दलका कार्यकर्ताहरुले अवरोध गरेका थिए। स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दै मधेसी दलका कार्यकर्ताले सडकमै आएर नाराबाजी गरी सवारी साधनमा ढुंगामुढा प्रहार गरेका थिए। बहुअरी चोकमा स्थिति तनावपूर्ण भएपछि प्रहरीले दुई राउण्ड हवाइ फायर पनि गरेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए। भारतबाट नेपालका लागि मालसामन लिएर आएका तीन हजार भन्दा बढी मालवाहक गाडीहरु बन्द हड्तालका कारण वीरगन्ज रक्सौल नाकामा रोकिएर बसेका छन्। तीनै गाडीहरु स्थानीय प्रशासनले प्रहरीको स्कर्टिङमा बुधबार राति देखि विभिन्न गन्तव्यमा पठाउन थालेको हो। बुधबार रातिमात्रै वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाहबाट जाँच पास भइ छुटेका झण्डै चार सय ५० भन्दा बढि मालवाहक सवारी साधनहरुलाइ प्रहरीको स्कर्टिङमा विभिन्न गन्तव्यमा पठाइएको पर्साका प्रमुख जिल्ला अधिकारी केवशराज घिमिरेले बताए। प्रहरीको स्कर्टिङमा भारतबाट आयात गरिएका पेट्रोलियम पदार्थ , खाद्यान्न र फलफुल लोड भएका अधिकांश गाडीहरु गन्तव्यमा पठाउने गरिएको प्रजिअ घिमिरेले बताए। बिहिबार राति पनि मालवाहक र यात्रुबाहक सवारी साधनहरु विभिन्न गन्तव्यमा पठाइएको उनले बताए। 'हरेक दिन चार सय भन्दा बढी गाडी पठाउने हाम्रो लक्ष्य छ', उनले भने। वीरगन्ज नाकामा रोकिएका गाडीहरु पठाउन स्थानीय प्रशासनले पर्सा र बाराका विभिन्न स्थानलाई बुधबार बेलुकी देखि निषेधित क्षेत्र घोषणा गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Blunt weapon , Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments