Incident Reports

बहुविवाहका आरोपितलाई दुई वर्ष ६ महिना जेल सजाय

2015-08-29

Gandaki, Tanahun, Bhimad, Ward 7

जिल्ला अदालत, तनहुँले बहुविवाह गर्ने भीमाद गाविस-१ रविन्द्र श्रेष्ठलाई दुई वर्ष ६ महिना जेल सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले भदौ ११ गते बहुविवाहसम्बन्धी मुद्दामा फैसला गर्दै आरोपित श्रेष्ठलाई जेल सजाय र २५ हजार रुपियाँ जरिवाना र श्रेष्ठसँग विवाह गर्ने शोभा श्रेष्ठलाई एक वर्षकैद र १० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको हो । रविन्द्रकी पत्नी ललिताले पतिले बहुविवाह गरेको भन्दै गत असार दोश्रो साता जिल्ला अदालतमा मुद्धा दायर गरेकी थिइन् ।
INSEC

0 Comments