Incident Reports

बालुवा झिक्ने बिषयमा झडप हुँदा दुई घाईते

2015-08-29

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 6

खोलाको बालुवा झिक्ने बिषयमा झगडाहुँदा खोटाङमा दुई घाईते भएका छन्। नेर्पा–९ भुलभुलेस्थित सरुवा खोलाको बालुवा संकलनका बिषयमा बिवाद हुँदा नेर्पा–५ का ३१ वर्षीय प्रदीप राई र दोर्पाचिउरीडाँडाका ३० वर्षीय दिपक राई घाइते भएका हुन्। वर्षा याममा भलबाढीसँगै आउने बालुवा संकलनका बिषयमा विवाद हुँदा नेर्पा र दोर्पाचिउरीडाँडाका युवाबीचमा झगडा भएको खोटाङका प्रहरी नायब उपरिक्षक बिद्यानन्द माझीले बताए। दुई पक्षको झडपमा धारिलो हतियार प्रहारबाट प्रदीपको बायाँ पाखुरामा र दिपकको टाउकोमा गहिरो चोट लागेको छ। जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुबै घाइतेलाई आईतबार बिहान हवाईजहाजबाट काठ्माण्डौं पठाइएको छ। सामान्य घाइते भएका नेर्पा–५ का शाहीमान राई र नेर्पा–७ का मौलराज राईको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जनैपूर्णीमाको अवसरमा शनिबार भुलमुले देबिस्थानमा लाग्ने मेलामा मादक पदार्थ सेवन गरेको अवस्थामा उनीहरुबीच बालुवा संकलनका निहुमा बिवाद भएको स्थानीयले बताएका छन्। नेर्पाका केही स्थानीयले सरुवा खोलाको शिरमा गएको पहिरोका कारण झर्ने बालुवा संकलन गरेर बिक्री गर्दैआएका छन् भने दोर्पाचिउरीडाँडाका युवाले पनि बिकासे योजना सञ्चालनकालागि सोही स्थानमा बालुवा संकलन गर्दैआएका छन्। फरक गाबिसका स्थानीयले आफ्नो गाबिसभित्र पर्ने खोलाको बालुवा संकलन गरेको भन्दै नेर्पाका स्थानीयले असन्तुष्टी जनाएपछि उनीहरुबीच बिवाद भएको स्थानीयले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments

Related Reports