Incident Reports

२ जना भारतीय नागरिक लाई अपहरण गरी फिरौती माग्ने एक जना पक्राउ

2015-03-27

Bagmati, Kathmandu, Kathmandu

अपहरण तथा शरीर बन्धक बनाई फिरौती लिने महालक्ष्मी नगरपालिका–१६ बस्ने रवि बेलडियालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ । भारतको गुजरात घर भई महालक्ष्मी नगरपालिका–१६ मा डेरा गरी बसेका बेलडियाले गुजरात घर भई कैलाली धनगढी नगरपालिका–७ बस्ने महेश पटेल र निजको काका वालु पटेलबाट नगद रु तीन लाख २० हजार असुलेका थिए । महेश पटेलको भारतीय लाइसेन्स नवीकरण गर्न भारतीय दूतावासबाट गरिदिने भनि अभियुक्त बेलडियाले काठमाडौँको गोङ्गबुमा बोलाएर अपहरण गरेका थिए । उनीहरुलाई गत चैत १३ देखि १५ गतेसम्म आफ्नै कोठामा बन्धक बनाएर फिरौती रकम लिएर छाडिएको थियो । अभियुक्त बेलडियालाई ललितपुर जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताउनुभयो । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 2
National/Online Media

0 Comments

Related Reports