Incident Reports

लिम्बूवानका कार्यकर्ताद्वारा पत्रकारमाथि दुर्व्यवहार

2015-09-01

Province 1, Jhapa, Barhadashi

पत्रकार कृष्ण हुमागार्इँमाथि भदौ १५ गते दिउँसो झापाको बिर्तामोडमा लिम्बूवान कार्यकर्ताले आक्रमण गरेका छन् । सङ्घीय लिम्बूवान पार्टी नेपालका कार्यकर्ताले स्थानीय मुक्तिचोकमा हुमागाईँमाथि आक्रमण गरेका हुन् । उनीहरूले हुमागाईँ सवार सवार मे २ प ५७६३ नम्बरको मोटरसाइकलमा पनि तोडफोड गरेका छन् । घटनाको नेपाल पत्रकार महासङ्घ झापाले निन्दा गरेको छ । महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङले दोषीलाई गिरफ्तार गरी कारबाही गर्न माग गरे । आक्रमणबाट हुमागाईको हातमा चोट लागेको छ । उनलाई उपचारका लागि स्थानीय वी एण्ड सी टिचिङ हस्पिटलमा भर्ना गरिएको छ । पत्रकार भनेर पहिचान भइसकेपछि आक्रमण गर्नुले सो पार्टी प्रेसमाथिको आक्रमणमा योजनाबद्ध ढङ्गले लागेको अनुभूति भएको महासङ्घले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Total Injured 1
INSEC

0 Comments