Incident Reports

हत्या अभियुक्त नौ वर्षपछि पक्राउ

2015-09-02

Bagmati, Kathmandu, Kathmandu

नौ वर्षदेखि फरार हत्याका एक अभियुक्त पक्राउ परेका छन् । गुल्मी घर भएका वैकुण्ठ रानामगरको हत्या गरेर फरार भएका विक्रम क्षेत्री सोमबार पक्राउ परेका हुन् । क्षेत्रीलगायतको समूहले १ साउन ०६३ मा सामाखुसी रानीबारी चोकमा रानामगरको हत्या गरेको थियो । प्रहरीले नौ वर्षपछि रानीबारीबाटै क्षेत्रीलाई पक्राउ गरेको हो । मगरले पैसा तिरेर पानीपुरी खान भनेकोमा क्षेत्रीलगायतले ‘तँ को होस्’ भन्दै झगडा गरेका थिए । सोही विषयमा भएको विवादमा ५–६ जना मिलेर उनलाई फलामको पाताले हिर्काएर हत्या गरेका थिए । घटनालगत्तै प्रहरीले एक व्यक्तिलाई पक्राउ गरे पनि अन्य फरार भएका थिए । सोमबार पक्राउ परेका क्षत्री घटनापछि चार वर्ष पोखरा बसेका थिए । त्यसपछि वैदेशिक रोजगारीका क्रममा १४ महिना कतार बसेका उनी विदेशबाट फर्किएपछि काठमाडौंमा गाडी चलाउँदै आएका थिए । सुराकीका आधारमा महानगरीय अपराध महाशाखाले क्षेत्रीलाई पक्राउ गरेको हो । घटनामा प्रमुख संलग्नता रहेको व्यक्ति भने अझै फरार छन् । उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । झगडा हुनुअघि मृतक र क्षेत्री समूहबीच सामान्य चिनजान थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports