Incident Reports

आन्दोलनकारीको अखडा नजिकै बम भेटियो

2015-09-03

Lumbini, Kapilbastu, Kapilbastu

वीरगन्जको नगवा चोकमा बिहीबार दिउँसो बम फेला परेको छ । नगवा चोकमा संघीय समावेशी मोर्चाले आन्दोलनका लागि बनाएको टेण्टनजिकैको सोनी जेनरल स्टोर्सको सटर छेउमा रातो कपडामा बेरेको अवस्थामा बम फेला परेको हो । मोर्चाले बनाएको टेन्टनजिकै सोनी जेनरल स्टोर्सको सटर छेउमा सुतली बम भेटिएको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । वीरगन्जमा रहेको नेपाली सेनाको बरख गणबाट गएको सेनाको बम डिस्पोजल टोलीले अपरान्ह साढे तीन बजे तिर बम डिस्पोज गरेको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए । बम राखिएको बारे केही खुल्न सकेको छैन । यसबारे अनुसन्धान भइरहेको लोहनीले बताए । बन्द हडताल र कफ्र्यूका बेला दिनदहाडै बम भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन् ।

0 Comments