Incident Reports

प्रिन्सिपलबाटै ७ वर्षीया बालिका बलात्कृत

2015-09-02

Gandaki, Lamjung, Madhya Nepal

 लमजुङको सोतीपसलस्थित रिस्ती भ्याली विकास बोर्डिङका प्रिन्सिपल हरिकृष्ण ओझाले आफ्नै विद्यालयकी सात वर्षीया छात्रालाई बलात्कार गरेका छन् । तनहुँको क्यामिन गाउँ विकास समिति–६ स्थायी घर भएका प्रिन्सिपल ओझाले ती छात्रालाई चक्लेट दिएर बलात्कार गरको बालिकाका दाजुले बताएका छन् । कक्षा १ मा पढ्दै गरेकी बालिकालाई बलात्कार गरेर ‘कसैलाई नभन्नु’ भनेको बालिकालाई उधृत गर्दै उनका दाजुले जानकारी दिए । बालिकालाई बलात्कार गरेपछि स्थानीयले विद्यालय घेराउ गरी नाराबाजी गर्न थालेपछि प्रिन्सिपल ओझालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय सोतीपसलका सई गणेश साउदले बताए । बालिकालाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराएपछि स्वास्थ्य रिपोर्टका आधारमा प्रिन्सीपलविरुद्व मुद्वा दर्ता गरी कारवाही अगाडि बढाइएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । बयानका क्रममा प्रिन्सीपल ओझाले बालिका बलात्कारको घटना स्वीकारेको उनले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments