Incident Reports

आठ वर्ष सजाय सुनाइएका बलात्कारी पक्राउ

2011-12-10

Lumbini, Rolpa, Rolpa

जवरजस्ती करणी मुद्दामा आठ वर्ष कैद तोकिएर फरार एक युवकलाई प्रहरीले रोल्पामा फेला पारेको छ । पुनरावेदन अदालत तुलसीपुर दाङले जवरजस्ती करणी मद्दामा आठ वर्ष कैद तोकिएका नेपालगञ्ज नगरपालिका–१३ बाँकेका ढोले भन्ने सुजन केसीलाई प्रहरीले पक्राउ गरेको हो । २०७१ कात्तिक २४ गते पुनरावेदन अदालतबाट कैद तोकिए उनी फरार थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक शेखरजंग मल्लका अनुसार रोल्पाको सदरमुकाम लिबाङ–७ मा लुकेको अवस्थामा प्रहरीले फेला पारेको हो । केसी शुक्रबार प्रहरी नियन्त्रणमा आएका हुन् । प्रहरीले उनलाई जिल्ला अदालतमा पेश गरेको थियो । आठ वर्ष कैदका लागि केसीलाई अदालतले आइतबार कारगार पठाएको छ । लिबाङ–खुंग्री सडकखण्ड बीचकी एक बालिकालाई केसीले बदलात्कार गरेका थिए । २०६८ मंसिर १५ गते उनले बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले केसीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतले केसीलाई सफाइ दिएको थियो । जिल्ला अदालतले सफाइ दिएपछि पीडित परिवारले पुनरावेदन गरेका थिए । पुनरावेदन अदालत पीडितको पक्षमा फैसला सुनाएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments