Incident Reports

जनकपुरमा फेरि निषेधाज्ञा लाग्यो

2015-09-08

Madhes, Dhanusha, Janakpur

जनकपुरमा मंगलबारदेखि फेरि निषेधाज्ञा जारी भएको छ । सोमबार आन्दोलनकारी तोडफोड र आगजनीमा उत्रिएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासनले भानुचोकदेखि रेलवे स्टेसनसम्म, मुरलीचोकदेखि कदमचोकसम्म, समसानघाटदेखि जिल्ला अदालतसम्म र समसानघाटदेखि कदम चोकसम्मको क्षेत्रमा सभा, जुलुस, प्रदर्शन गर्न रोक लगाएको हो । यसअघि सोमबार मधेसी मोर्चाका कार्यकर्ताले कांग्रेस पार्टी कार्यालयमा आगजनी गरेका थिए भने एमाले कार्यालयमा आगजनीको प्रयास गरेका थिए । विभिन्न स्थानमा झडप समेत भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर तीन जना घाइते भएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments