Incident Reports

वीरगञ्‍जमा चार घन्टा कर्फ्‍यू हटाइयो

2015-09-08

Madhes, Parsa, Birgunj

स्थानीय प्रशासनले मंगलबार बिहान ९ बजेदेखि दिँउसो १ बजेसम्मका लागि कर्फ्यू हटाइएको छ। सर्वसाधारणको दैनिक जीवनलाई ध्यानमा राख्दै प्रशासनले चार घण्टा कर्फ्यू हटाएको हो। कर्फ्यू हटाएपछि त्‍यहाको जनजीवन केही सामान्‍य बन्दै गएको छ। किनमेलका लागि सर्वसाधारणको चहलपहल बढेको छ। वीरगन्जमा आन्दोलनकारीको प्रदर्शन उग्र भएपछि प्रशासनले अनिश्चितकालीन कर्फ्‍यू लगाउँदै आएको थियो। यसअघि प्रशासनले वीरगन्जलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेर वीरगन्जका मुख्य सडक र टोलहरुमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments