Incident Reports

सप्‍तरीमा आन्‍दोलनकारीले दुई कार्यालय जलाए

2015-09-10

मधेसी मोर्चा सप्तरीको आह्वानमा आन्दोलनरत प्रदर्शनकारीहरुले गएराति जिल्ला पशु सेवा कार्यालय र जिल्ला वन कार्यालयमा आगजनी गरेका छन्। राति १० बजे आएको १०/१२ जनाको समूहले कार्यालयको योजना शाखाको ढोका फुटाई पेट्रोल र मट्टीतेल छर्केर आगजनी गरेको बरिष्ठ पशु विकास अधिकृत डा. काशीनाथ यादवले जानकारी दिए। आगजनीले योजना शाखाको कम्प्युटर, प्रिन्टर, सोफासेट, दराज, पंखा, बिजुलीको मिटर, कुर्सी, टेबुल र कागजपत्र जलेर नष्ट भएको छ। यसैगरी जिल्ला वन कार्यालयमा स्टोर शाखामा गरिएको आगजनीले सामान्य क्षति भएको छ। सडकतर्फको झ्यालको सिसा फुटाई स्टोर शाखामा फ्ँयाकिएको आगोले दैनिक प्रयोगमा ल्याइने कागजपत्रहरु जलेर क्षति भएको जिल्ला वन कार्यालयका स्टोर प्रमुख खरिदार बच्चा झाले जानकारी दिए। नजिकै रहेको पुनरावेदन अदालतमा खटिएका प्रहरीहरुले तत्कालै थाहा पाएकाले आगजनीबाट ठूलो क्षति हुन नपाएको जिल्ला वन अधिकृत नन्दलाल राय यादवले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 3
National/Online Media

0 Comments

Related Trend Analysis