Incident Reports

सभासद चौधरीको घरमा कालो झन्डा र ढुङ्गामुढा

2015-09-11

Manohar Kumar Pokharel स्वयत्त मधेस प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले नेकपा (संयुक्त) की सभासद् मिथिला चौधरीको घरमा ढुङ्गामुढा गरेका छन् । राजविरा नपा–८ स्थित सभासद् चौधरीको घरमा नाराबाजी गर्दै शुक्रबार राति पुगेका प्रदर्शनकारीहरुले घरमा कालो झण्डा झुण्ड्याइ ढुङ्गामुडा गरेको चौधरीकी छोरी रक्षा चौधरीले बताइन् । तमलोपाका केन्द्रीय सदस्य साधना झा, सदभावना पार्टीकी पुनम यादवसहित पुगेको जुलुसले ढुङ्गामुढा गर्दा सभासद् चौधरीको घरको टायल फुटेका छन् । जुलुसमा बालकहरुसमेत संलग्न रहेका थिए । घरमा सभासद् चौधरीका छोरी र ज्वाई मात्र रहेका थिए । चौधरीका छोरी र ज्वाई दुबै जना पत्रकार हुन् । आन्दोलनकारीहरुले मधेस आन्दोलनका पक्षमा समर्थन नजनाउने सभासदहरु्को घर–घरमा कालो झण्डा झुण्ड्याउने निर्णय गरेको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Other
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media , INSEC

0 Comments

Related Trend Analysis