Incident Reports

अपहरणमा परेका तीन जना सकुशल मुक्त

2015-09-13

Province 1, Jhapa, Arjundhara

झापाको शनिअर्जुन नगरपालिकाबाट अपहरणमा परेका तीनजनालाई प्रहरीले सकुशल मुक्त गरेको छ । प्रहरीले अपहरणमा संलग्न दुई नेपाली र तीन भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । तीनजना भारतीय नागरिकलाई अपहरण गरी शनिअर्जुन नगरपालिकाको एउटा घरमा राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो । उनीहरुले युवालाई घर भाडामा लिएर धेरै अघिदेखी बन्धन बनाएर राखेको स्थानीय बासिन्दाले बताएका छन् । अपहरणकारीले उनीहरुका परिवारलाई फिरौती मागेको भारतीय प्रहरीले जानकारी गराएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुका साथबाट पेस्तोल र त्यसमा लाग्ने १४ राउण्ड गोली तथा एउटा गाडी पनि नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 3
National/Online Media

0 Comments

Related Reports