Incident Reports

गौरबाट मधेसी मोर्चाका पाँच नेता पक्राऊ

2015-09-14

Madhes, Rautahat, Gaur

रौतहटमा पक्राउ परेका मोर्चाका नेतालाई सार्वजनिक मुद्दा मधेस आन्दोलनको अगुवाई गर्दै आएका संयुक्त मधेशी मोर्चाका ५ नेतालाई स्थानिय प्रशासनले सार्वजनिक अपराधको मुद्दा चलाएको छ । सदरमुकाम गौर–५ स्थित जिविसका पूर्व सभापति राजेन्द्र पटेलको घरमा बसिरहेको अवस्थामा संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोरप्रसाद यादव, रामेश्वर यादव सद्भावनाका जिल्ला अध्यक्ष शेख जमसेद, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ता र तमलोपाका नेता अनिल सिंहलाई प्रहरीले पक्रेर मंगलबार सार्वजनिक अपराधको मुद्दा चलाएको हो । आइतबार अपरान्ह पक्राउ परेका उनिहरुलाई अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाउनका लागि प्रहरीले प्रशासनबाट ७ दिनको म्याद थप गराएको छ । जिल्लाभित्र शान्ति सुरक्षामा खलल पुर्‍याएकाले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको जिल्ला प्रहरीका डिएसपी सुधिरराज शाहीले बताए । मोर्चा नेता पक्राउको विरोधमा गौरमा प्रदर्शन हुँदै आएको छ । मोर्चाले ‘जेल भरो अभियान’ अन्तर्गत मंगलबार गौरमा मुखमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए । --------------------------------------------------- रौतहटको गौर नगरपालिका कार्यालय क्षेत्रबाट प्रहरीले मधेसी मोर्चाका पाँच नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा फोरम लोकतान्त्रिकका अजय गुप्ता, सदभावना पार्टीका शेष जमसेद, तमलोपाका अनिल सिंह, फोरम नेपालका राम किशोर यादव र रामेश्वर प्रसाद यादव रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis