Incident Reports

चालिस दिनदेखि नवलपरासीका विद्यालय बन्द

2015-09-17

Gandaki, Nawalparasi East, Madhyabindu

 नवलपरासीमा विगत ४० दिनदेखि लगातार सदरमुकाम परासीसहित जिल्लाको दक्षिण क्षेत्रका विद्यालय बन्द हुँदा हजारौं बालबालिकाको भविष्य अन्योलमा परेको छ । मधेसमा जारी आन्दोलनका कारण ती विद्यालय त्रासका कारण बन्द हुँदा सयौँ विद्यालयका हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको हो । आन्दोलनरत पक्षले बिहानको समयमा विद्यालय सञ्चालन गर्न दिने जनाएपछि गत आइतबार एक दिनमात्र सञ्चालनमा आएका विद्यालय त्यसको भोलिपल्ट सोमबार लिटिल एन्जेल उच्च माविको बस जलाइएपछि त्रासका करण पुनः विद्यालय बन्द हुन पुगेका हुन् । लामो समयसम्म यसरी विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको अभिभावकले गुनासो गरेका छन् । यसरी ४० दिनदेखि विद्यालय बन्द हुँदासमेत विद्यालय सञ्चालन गर्न कुनै क्षेत्रमा पनि पहल नभएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 30 days
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Students Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments