Incident Reports

'तर्साउनका लागि बम'

2015-09-20

Bagmati, Lalitpur, Ward 3

एकाबिहानै ललितपुरका २ स्थानमा बम भेटिए। संविधान जारी हुने दिन बिहानै ललितपुरको महालक्ष्मीस्थान र पूल्चोकमा बम भेटिए। महालक्ष्मीस्थानबाट सातदोबाटो जाने बाटोमा र पूल्चोकको सुजुकी सोरुम अघि बम भेटिएको थियो । जुन बाटो हुँदै नेपाली सेनाका प्रधानसेनापतिको सरकारी निवास पुगिन्छ । बम भेटिएपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । पूल्चोकमा भेटिएको बम डिस्पोज गर्ने बेलामा २ पटक ठूलो रुपमा आवाज आएको थियो भने महालक्ष्मीस्थानको एक पटकमात्र। पूल्चोकमा पहिलो पटक प्रयास गर्दा डिस्पोज नभएको र पुन दोस्रो पटक प्रयास गरेर डिस्पोज गरेको ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए। महालक्ष्मी स्थानमा भेटिएको बम चिया पकाउने किल्टीभित्र रहेको डिएसपी किसनसिंह थापाले जानकारी दिए।पूल्चोकमा भेटिएको बम भने बाकस भित्र ग्ल्याल्डिनमा राखिएको थियो। बम भेटिएको स्थानबाट प्रहरीले नेकपा माओवादी लेखिएको २०७१ साल पुषको पर्चा र झन्डा बरामद गरेको छ। ललितपुरका एसएसपी अधिकारीले तर्साउने मनसायले बम राखेको बताए। 'मानिसहरुमा डर त्रास छर्न बम राखिएको पाइयोे,' उनले सेतोपाटीसँग भने। उनले ललितपुरको सुरक्षा व्यवस्था निकै चुस्त दुरुस्त भएको पनि दाबी गरे । डिएसपी किसन सिंह थापाले पनि महालक्ष्मीस्थानमा भेटिएको बम सर्वसाधारण तर्साउने उद्धेश्य बाहेक अन्य कुनै हेतुले नभएको बताए। संविधान जारी गर्ने दिन असन्तुष्ट समूहले बम राखेको हुन सक्ने उनले बताए। दुवै स्थानमा डिस्पोज भएको बम पेट्रोलिङ बम भएको प्रहरीको अनुमान छ। ललितपुरका २ स्थानमा बम भेटेपछि ललितपुर प्रहरीले अन्य क्षेत्रमा पनि बम राखेको आंशकामा खोजीकार्य गरिरहेको छ। यसैगरी काठमाडौ रविभवनमा राखिएको बम पनि सेनाकाे डिस्पोजल टाेलीले डिस्पाेज गरेकाे छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments