Incident Reports

बिप्लब समूहका तीन नेता पक्राउ

2015-09-20

नयाँ संविधान घोषणाको विरोध गर्दै आह्वान गरेको बन्दको क्रममा आज बागलुङमा नेकपा माओवादी विप्लब समूहका तीन जिल्ला नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेकपा माओवादी विप्लब समूहका जिल्लो सेक्रेटरी कमानसिंह क्षत्री 'विकिरण, जिल्ला सदस्य बाबुलाल शाक्य र राम बहादुर कुँवर छन्। तीनै जनालाई बागलुङ बजारमा पसल बन्द गराउँदै हिँडेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले बताए। 'जबरजस्ती पसल बन्द गराएको पक्राउ गरेका हौं,' सिंहले भने, 'जनजीवन सामान्य बनाउन नियन्त्रणमा लिनु परेको हो।' विप्लब समूहको माओवादीसहित, वैद्य नेतृत्वको नेकपा माओवादी, संघीय समाजवादी फारेम, नेकपा एकीकृत, राष्ट्रिय दलित मुक्ति आन्दोलनले बागलुङमा आह्वान गरेको बन्दले जनजीवन प्रभावित भएको छ। बन्दको कारण यहाँबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी छुटेका छैनन्, बजार, उद्योग, कलकारखाना सबै ठप्प छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments