Incident Reports

बन्दकर्ताद्वारा ट्रकमा आगजनी

2015-09-20

नयाँ संविधानको विरोध गर्दै नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले असोज ३ गते बिहान तनहुँमा ट्रकमा आगजनी गरेका छन् । बन्दकर्ताले आइतबार बिहान साढे ५ बजे घाँसिकुवा गाविस-५ स्थित पृथ्वी राजमार्गमा पोखराबाट नारयणगढतर्फजाँदै गरेको ना १ क ३३६० नम्बरको ट्रक जलाएका हुन् । १०/१२ जनाको समूहमा आएका युवाहरुले आफूलाई धम्क्याएर ट्रक जलाएको ट्रकका चालक ढालबहादुर आलेले बताए । उनीहरूले 'ज्यानको माया छ भनी ट्रकबाट झर' भनेर थर्काएको र आफू ट्रकबाट ओर्लेपछि पेट्रोल छर्केर आगजनी गरेको बताए । आगलागीबाट ट्रकको अगाडिको भागमा क्षति पुगेको छ । होण्डा मोटरसाइकल पोखरा पुर्‍याएर फर्किदै गर्दा ट्रकमा आगजनी भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी मोहनकुमार आचार्यले बन्दकर्ताहरूको खोजी भइरहेको बताए । यता बन्द आह्वान गरेको नेकपा माओवादी तनहुँका सचिव निरु थापाले भने आफूहरूले आगजनी नगरेको बताए । उनले संविधानको विरोधमा आह्वान गरिएको बन्द शान्तिपूर्ण हुने भन्दै आगजनीमा पार्टी कार्यकर्ताको संलग्नता नभएको बताए । यसैबीच नेकपा माओवादीले आह्वान गरेको बन्दको कारण असोज ३ गते तनहुँको जनजीवन प्रभावित भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , INSEC

0 Comments