Incident Reports

सांसद भण्डारीको घरमा आगजनी

2015-09-21

नयाँ संविधान जारी भएको दुई घन्टा नबित्दै महोत्तरी क्षेत्र नं ६ का सांसद सीताराम भण्डारीको घरमा केही अज्ञात व्यक्तिको समूहले आगजनी गरेका छन् । गएराति ८ बजेको समयमा आधा दर्जनभन्दा बढी मोटरसाइकलमा आएका अज्ञात समूहले सांसद भण्डारीको निवास भरतपुरमा रहेको पुख्र्यौली घरमा आगजनी गरेका हुन् । सो समूहले घरको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको स्थानीय दिनेश महतोले जानकारी दिनुभयो । समयमै आगोलाई नियन्त्रणमा लिएकाले थप क्षति हुनबाट जोगिएको स्थानीय महतोले बताए । घरमा कोही नभएकाले छिमेकीले मूल ढोका फोरेर आगोलाई समयमै नियन्त्रणमा लिइएकाले कुनै भौतिक एवम् मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनामा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले बताए । केही वर्ष अघिदेखि भण्डारीका परिवार राजधानीमा बस्दै आएकाले घर सुनसान रहँदै आएको थियो । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments