Incident Reports

सभासद्को घर र पार्टी कार्यालयमा कालो झण्डा

2015-09-20

नयाँ संविधान घोषणाको दिनलाई 'कालो दिन'को संज्ञा दिएका मधेसी मोर्चाका कार्यकर्ताहरूले असोज ३ गते एमालेका सभासद् ताराकान्त चौधरीको पातोस्थित घरमा कालो झण्डा झुण्ड्याएका छन् । 'नेपालको संविधान २०७२' को घोषणाको विरोधमा टाउको र हातमा कालो पट्टी बाँधेर प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरूले राजविराज नपा-१ स्थित नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा पनि कालो झण्डा झुण्ड्याएका छन् । यसअघि प्रदर्शनकारीहरूले भदौ २५ गते राजविराज नपा-२ स्थित एमालेका सभासद् रन्जु ठाकुर र राजविराज नपा-८ स्थित नेकपा संयुक्तका सभासद् मिथिला चौधरीको घरमा, भदौ २६ गते नेपाली काँग्रेसका सभासद्द्वय सुरेन्द्र यादवको राजविराज नपा-५ स्थित घरमा र सकलदेव सुतिहारको राजविराज नपा-८ स्थित घरमा एवं एमाओवादीका सभासद् उमेश यादवको राजविराज नपा-८ स्थित घरमा तथा भदौ २९ गते नेपाली काँग्रेसका सभासद् रन्जित कर्णको राजविराज नपा-५ स्थित घरमा कालो झण्डा झुण्ड्याएका थिए । संविधान घोषणालगत्तै जलाइयो, घरपसलमा ढुङ्गामुढा नयाँ संविधानमा आफूहरूका माग सम्बोधन नभएको भन्दै मधेसी मोर्चाले राजविराज नपास्थित सहिद दशन चोक र बोदे बर्साइन गाविसस्थित चोकमा संविधानको नमूना जलाएका छन् । राष्ट्रपति रामवरण यादवबाट संविधान प्रारम्भको घोषणा भएलगत्तै मोर्चाआबद्ध युवा-बिदुयार्थीहरूले संविधानको नमूना जलाएर विरोध जनाएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments