Incident Reports

सिन्धुपाल्चोकमा प्रहरीकै गोली प्रहारबाट अर्को प्रहरीको मृत्यु

2015-09-22

Bagmati, Sindhupalchok, Panchpokhari Thangpal

सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा प्रहरी चौकीमा प्रहरीले नै गोली प्रहार गर्दा अर्को प्रहरीको मृत्यु भएको छ । गएराति १० बजे जिल्लाकै सुनखानी गाविस निवासी प्रहरी जवान अशोक बरालले थ्री नट थ्री राइफलले गोली प्रहार गर्दा जिल्लाकै पुल्चोक गाविस निवासी प्रहरी जवान रेशमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताए । घटनाको जानकारी पाएपछि घटनास्थल पुग्नुभएका प्रनाउ अधिकारीका अनुसार पेटमा गोली लागी घाइते भएका थापाको प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत थप उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । शवपरीक्षणका लागि जिल्ला सदरमुकाम चौतारामा हिजै राति ल्याइएको छ । दुबै प्रहरी एकआपसमा मिल्ने साथी भएको बुझिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ भने गोली प्रहार गर्ने बराललाई नियन्त्रणमा लिने प्रयास भइरहेको अधिकारीले बताए । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments