Incident Reports

वाइसिएल नेतामाथि सांघातिक अाक्रमण

2015-09-24

Lumbini, Banke, Nepalgunj

अज्ञात समुहद्वारा बाँकेमा आइसिएलका जिल्ला नेता कुटिएका छन्। बाँके प्रहरीका अनुसार वाइसिएल बाँके सह–सचिव अकवर पठानमाथि आक्रमण भएको हो। मंगलवार राति अज्ञात समुहले खुकुरी, भालालगायत धारिलो हतियार प्रहार गरी उनीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। जैयसपुरमा उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। आक्रमणमा संग्लन कलिम खान भनिने कल्लु फरार रहेको प्रहरीले जनायो। घाइते पठानको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । पठानमाथि खुकुरी रड प्रहार भएको छ। यसैबीच वाइसिएल बाँकेले घटनाका दोषीलाई कारवाहीको माग गरेको छ। बुधबार एक विज्ञप्ति जारी गरी आक्रमणमा संग्लनलाई पक्राउ गरी तत्काल कानुनी कारवाहीको दायरमा ल्याउन माग गरिएको छ। बाँकेका सचिव गिरिराज भुषालद्वारा जारी विज्ञप्तिमा कारवाहीको माग गरिएको हो। आक्रमणकारीलाई पक्राउ नगरे आन्दोलन उत्रने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments