Incident Reports

वीरगञ्जको सीमाक्षेत्रमा झडप

2015-09-25

Madhes, Parsa, Birgunj, Ward 2

वीरगञ्जको भारतीय सीमासँग जोडिएको क्षेत्रमा मोर्चाका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । वीरगञ्ज र भारतको रक्सौललाई जोड्ने मितेरी पुल क्षेत्रमा मधेशी मोर्चाका कार्यकता र प्रहरीबीच ७ असोज साँझ झडप भएको हो । नेपाल भारत नाका ठप्प पार्न भन्दै नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, सदभावना पार्टी केन्द्रीय सदस्य निजामुद्दिन समानी लगायत आन्दोलकारी ७ असोज बिहानैदेखि धर्नामा बसेका थिए । बिहान देखि धर्ना बसेर नाका ठप्प पारेका मधेशी दलका नेता कार्यकर्ताहरुलाइ प्रहरीले बल प्रयोग गरेर केही बेर तितरबितर पारे पनि साँझसम्म उनीहरु धर्नामा नै छन् । झडपका क्रममा प्रहरीले पाँच राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरुले ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको पर्साका प्रहरी नायब उपरीक्षक होमेन्द्र बोगटीले बताए । -सुरेश बिडारी, वीरगञ्ज
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons Blunt weapon , Other
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments