Incident Reports

दुई महिलालाई मृगौलाका बेच्न भारत लैजाँदै गरेका दमाई पक्राउ

2015-09-25

Province 1, Jhapa, Mechinagar, Ward 6

 मानव अंग बेचबिखनका कारोवारीलाई शुक्रबार प्रहरीले झापाको काकडभिट्टाबाट पक्राउ गरको छ। नुवाकोट घर बताउने अन्दाजी ४२ बर्षीय कृष्ण दमाईलाई ईलाका प्रहरी कार्यलय काकडभिट्टाले पक्राउ गरको हो। आर्थिक प्रलोभन देखाएर दुई महिलालाई मृगौला बिक्रीका लागि भारततर्फ लैजादै गर्दा दमाई पक्राउ परेको ईलाका प्रहरी कार्यलय काकडभिट्टाले जनाएको छ। प्रहरी नायव उपरिक्षक श्यामकृष्ण उपाध्यायका अनुसार मृगौला बेच्न भारत हिँडेका काठमाडौं बौद्धमोडमा ज्यामी मजदुरी गर्ने ३० वर्षीया साइली तामाङ र ३१ वर्षीया कल्पना भण्डारीलाई पनि काकडभिट्टाबाट माइती नेपालका स्वय‌ंसेविकाले उद्धार गरेका छन। काँकडभिट्टा नाकामा माइती नेपालका कर्मचारीले शङका लागेर सोधपुछ गर्दा दमाईं पक्राउ परेका थिए। एउटा मिर्गौला बेच्दा तीन लाख नगद दिने भनेपछि आफू मिर्गौला बेच्न तयार भएको तामाङ्गले प्रहरीलाई बताइन। 'बैदेशिक रोजगारमा गएका श्रीमानको अत्तोपत्तो नभएपछि परिवारको गुजारा चलाउन आफू मृगौला बेच्न तयार भएको तामाङले प्रहरीलाई बयान दिएकी छन्। तामाङले प्रहरीको प्रारम्भीक बयानमा दमाईले आफुलाई मिर्गौला निकाल्दा निको हुन तीन महिनाको समय लाग्ने भएकाले आफ्नो स्याहारका लागि साथी पनि खोज्न भनेपछि कल्पनालाई लिएर आएको बताइन्। दमाईंलाई इलाका प्रहरी कार्यालय काँकभिट्टाले मानव अंग बेचबिखन उद्योग असार कानुनी कारबाहीका लागि अनुसन्धान गरिरहेको जनाएको छ।

0 Comments