Incident Reports

मधेस आन्दोलनको पक्षमा समाचार नदिएको भन्दै जनकपुरका युवाले टिभी फुटाए

2015-09-26

Madhes, Dhanusha, Janakpur

मधेशमा डेढ महिनादेखि चलिरहेको आन्दोलनको समाचार नदिएको भन्दै जनकपुरमा युवाहरुले टिभी सेट फुटाएका छन् । राष्ट्रियस्तरका सञ्चार माध्यमले मधेश आन्दोलनको समाचार बंग्याएर एवं नकरात्मक हिसाबले मात्र दिने गरेको उनीहरुको आरोप छ । मधेश आन्दोलनलाई समर्थन नगरेको भन्दै टिभी सेट फुटाउने युवाहरुले बोकेको ब्यानरमा भने राष्ट्रिय मिडियाहरु जातिवादी भएकोले मधेशी युवाहरु यसको विरोध गर्छन भनेर लेखिएको थियो । जनकपुरको पिडारीचोकमा शनिवार दर्जनौं सेट टिभी फुटाएर युवाहरुले जलाउँदै गर्दा हेर्नेहरुको भीड लागेको थियो । केहि दिनअघि मात्र जनकपुरमा यूवाहरुले कान्तिपुर, अन्नपूर्ण पोष्ट, नागरिक, नयाँ पत्रिकालगायतको राष्ट्रिय पत्रिकाहरुसमेत जलाएको थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments