Incident Reports

बोक्सीको आरोपमा कुटपिट, पीडितद्वारा प्रहरीमा उजुरी

2015-09-23

Madhes, Dhanusha, Bideha, Ward 4

गिद्धाबेलापट्टी गाविस-८ की ३५ वर्षीया इन्दुदेवी मण्डलसहित उनका छोराछोरीलाई छिमेकीहरूले ०७२ असोज ६ गते कथित बोक्सीको आरोपमा कुटपिट गरेका छन् । गएको महिना रामभजनका १८ वर्षीय छोरा उमेश मण्डलले घरायसी विवादका कारण विष सेवन गरी आत्महत्या गरेपछि आफूहरूले नै बोक्सी लगाइ मारेको भन्दै छिमेकीहरू रामभजन मण्डल, रामसिया मण्डल, सञ्जिव मण्डल, शैलेन्द्र मण्डल, सुनिल मण्डल, छेदिया मण्डललगायतले कुटपिट गरेको पीडित इन्दुदेवीले बताइन् । घरभित्र प्रवेश गरी जेठाजू राजकिशोर मण्डलको हातखुट्टा बाँधी आफू र आफ्नो छोरी जितु मण्डल र छोराहरू अभिनय र अभिषेश मण्डलसमेतलाई कुटपिट गरेको इन्दुदेवीले बताइन् । पीडित पक्षले असोज ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बोक्सी आरोपमा कुटपिट भइरहेको सूचना पाई घटनास्थल पुग्दा घटनामा संलग्नहरू फरार भएको इलाका प्रहरी कार्यालय औरहीका सई राजेश सिंहले बताए । घाइतेहरूलाई तत्काल उपचारको लागि जनकपुर अञ्चल अस्पताल पुर्‍याएका सई सिंहले जानकारी दिए । सइ सिंहको अनुसार पीडितले दिएको उजुरीको आधारमा आरोपितहरूको खोजी कार्य भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Other violent form
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 4
Female Injured 3
INSEC

0 Comments