Incident Reports

महिनावारी भएकी महिलालाई धारो छुन प्रतिबन्ध

2015-09-27

Karnali, Kalikot, Tilagufa

जुविथा गाविस-९ स्थित सत्यदेवी माइको मन्दिर नजिक रहेको माईधारामा महिनावारी भएका महिलाहरूलाई प्रतिबन्ध लगाइएको छ । स्थानीय सत्यदेवी संरक्षण समिति व्यवस्थापन समितिको नाममा असोज ९ गते प्रकाशित सूचना सत्यदेवी माइको मन्दिर रहेको माईधारा र सार्वजनिक ठाउँहरूमा टाँस गरिएको छ । कुनै व्यक्तिको नाम नराखी प्रकाशन गरिएको सूचनामा महिनावारी भएका महिलाहरूलाई धारा नजिक आएमा देवता लाग्ने उल्लेख गरिएको छ । सरकारी तथा गैरसरकारी निकायबाट जिल्लामा छाउपडी मुक्त गाविस घोषणा गर्ने अभियान चलिरहेको अवस्थामा पररम्परागत सोचका साथ सार्वजनिक धारामा प्रतिवन्द लगाउनु महिलाअधिकार माथिको हस्तक्षेप भएको स्थानीय महिला अधिकारकर्मी शान्ता शाही बताउछिन ।

0 Comments