Incident Reports

अठार वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

2015-09-05

Karnali, Jajarkot, Bheri

अठार वर्षीया किशोरी बलात्कार गरेको आरोप रुकुम जिल्ला घेत्मा गाविस-८ बाँकेज्यूलाका ३८ वर्षीय शम्शेर मल्ललाई असोज १८ गते जाजरकोटका प्रहरीले घरबाट गिरफ्तार गरेको जनाएको छ । बाँकेज्यूलामा रहेको मिलमा तोरी पेल्न ०७२ भदौ २९ गते गएकी किशोरीलाई मिलका मालिक समेत रहेका मल्लले तिम्रो पालो पछि हो भन्दै सबै भन्दापछि पालो बनाएको र तेल पेलेपछि घर फर्कन खोज्दा अँध्यारोमा जङ्गलमा लखेटेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् । पीडित पक्षले असोज १७ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उजुरी दिएका छन् । पीडितको स्वास्थ्य परीक्षण भएको छैन । घटनास्थल रुकुम र जाजरकोटको सीमा क्षेत्रमा भएको र सदरमुकामदेखि ४० कोस टाढा रहेकाले उजुरीमा ढिलाइ भएको प्रहरीले जनाएको छ । पीडित किशोरी मानसिक समस्यामा परेको उनका घरपरिवारले जानकारी दिएका छन् । मानसिक रूपमा बिक्षिप्त अवस्थामा रहेकी किशोरी पठनपाठन, सरसफाइ र आमाबाबुको माया मोहलाई समेत बेवास्ता गर्दै जथाभावी हिँडडूल गर्ने र जे मन लाग्यो त्यही बोल्ने तथा कुनैकुनै समयमा झस्कने गरेको पीडितका बाबुले जानकारी दिए ।कक्षा १० मा अध्ययनरत पीडित विद्यालयमा पनि जान नसकेको उनका अभिभावकले जानकारी दिए । घटनाका आरोपित गिरफ्तार भई कानुनी प्रकृयामा अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी दानबहादुर मल्लले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments