Incident Reports

कथित बोक्सीको आरोप लगाउने महिला गिरफ्तार

2015-09-27

Bagmati, Sindhupalchok, Tripurasundari, Ward 2

 चोकटी गाविस-६ लाटुकी ३५ वर्षीया गीता भट्टराईलाई कथित बोक्सीको आरोप लगाएको आरोपित ४५ वर्षीया पार्वती सापकोटालाई असोज १८ गते प्रहरीले गिरफ्तार गरेका छ । पीडितले असोज १५ गते आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । आरोपितले पछिल्लो पटक असोज १० गते कथित बोक्सीको आरोप लगाएको पीडित पक्षको आरोप छ । आरोपित पार्वतीले आफ्नो बुहारी बच्चु सापकोटालाई खानेकुरा दिएर भेदेको झाक्रीको भनाइ उद्धृत गर्दै पीडित गीतालाई पटक पटक गाउँ समाजमा बोक्सी भन्दै गाली बेइज्जती गरेको पीडित पक्षको भनाइ छ । आफूलाई बोक्सीको आरोप लगाएर अन्याय गरेको भन्दै पीडित पक्षले असोज ११ गते गाउँका भद्र भलाद्मी जम्मा गरेर छलफल गरेका थिए । गाउँले जम्मा गर्दा पनि आफूलाई बोक्सी नै होस् काहाँ जानुपर्छ जा भन्दै आरोपितले गाली गलौज गरेकोले प्रहरी कार्यालयमा उजुरी गर्न आएको पीडितले बताइन् । पीडित र आरोपित दुबैजना नजिकका नाता गोताका ब्यक्तिहरू भएको स्थनीय रामकाजी भट्टराइले बताए ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments