Incident Reports

आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको आरोपमा चार पक्राउ

2015-10-06

Province 1, Jhapa, Arjundhara

आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको अभियोगमा चारजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका निवासी राम तामाङ, सोही ठाउँका राजेश खड्का, दीपक तामाङ र मिलन काफ्ले रहेका छन् । उनीहरुमध्ये राम तामाङलाई झापाको काँकडभिट्टा र अन्य तीनजनालाई शनिअर्जुन नगरपालिकाबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित विरिङ पुलमा बुधबार घाँटी रेटेर शनिअर्जुन नगरपालिका–८ निवासी २४ वर्षीय जीतबहादुर भनिने डिकबहादुर विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले बताए। पक्राउ परेकालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागेको जानकारी पनि उनले दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports