Incident Reports

बालिका बलात्कार गर्ने दुई बालकलाई कैद सजाय

2015-10-12

Province 1, Ilam, Illam, Ward 9

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत इलामले इभाङ–३ का दुई बालकलाई अलग–अलग कैद सजाय सुनाएको छ। गत जेठ १७ गते बलात्कार गरेको आरोपमा असार ६ गते प्रहरी गिरफ्तारीमा परेका १४ वर्षीय बालकलाई जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन जबर्जस्ती करणी ऐनको १, ३ (१) नम्बरबमोजिम कसुर ठहर गर्दै बालबालिका ऐन, २०४८ को दफा ११ (२) बमोजिम तीन महिना कैद र पाँच हजार रूपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए। सोही घटनाका अर्का आरोपी १२ वर्षीय बालकलाई पनि जबर्जस्ती करणी ऐनको सोही १, ३ (१) नम्बर बमोजिम नै कसुर ठहर गर्दै १५ दिन कैद सजायको फैसला भएको स्रेस्तेदार भट्टराईले जानकारी दिए। तीनजना बालक आरोपी रहेको उक्त घटनाका अर्का १३ वर्षीय एक बालकलाई भने अदालतले अभियोग दाबीबाट सफाइ दिएको छ । कैद सजाय सुनाइएका बालकलाई यसअघि पुर्पक्षका लागि बाल सुधारगृहमा राखिएको थियो । यसैगरी, इलामको कोल्बुङस्थित सानो पाथीभरा मन्दिरको भेटी चोरी गरेको आरोपमा पक्राउ परेका पाँचथर भारपा–८ का ३० वर्षीय दिपेन राईलाई जिल्ला अदालत इलामले आज डेढ महिना कैद र ५५ हजार ३४३ रूपैयाँ जरिवानाको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले राईलाई चोरीको कसुर ठहर गर्दै मुलुकी ऐन चोरी महलको १५ (१) नम्बरबमोजिम उक्त सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताए। दुई महिनाअघि राईले पाथीभरा मन्दिरमा रहेको २५ हजार भेटी र तीन तोला सुनचाँदी चोरी गरेका थिए । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments