Incident Reports

मोर्चाको कार्यकर्ताद्वारा दुई ओटा बसमा तोडफोड

2015-10-13

Madhes, Dhanusha, Janakpur, Ward 10

Binod Kumar Rabidas संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जलेश्वरदेखि काठमाडौँ चल्ने दुई ओटा नाइट बस जनकपुरको पीराडी चौकमा तोडफोड गरेको छ । असोज २५ गते साँझ महोत्तरी जेलेश्वरबाट जनकपुर हुँदै काठमाडौँ गइरहेका नाइट बसलाई तोडफोड गरी आगजानी गर्न खोज्दा प्रहरी भिडलाई नियन्त्रण लिइ बसलाई सुरक्षित स्थानमा लगेको छ । ना ५ ख २२३८ नम्बरको बस र अर्को बसलाई समेत आन्दोलनकारीहरुले तोडफोड गरी अगाडी पछाडिको सबै शिशा फुटाएको छ । बसमा यात्री नरहेको बताएको छ । बस काठमाडौँ तिर जादै थिए । पाँच दिनको लागि बैंकहरु खोल्न दिने मोर्चाको निर्णय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पाँच दिनको लागि वितीय संस्था बैँकहरु खोल्न दिने निर्णय गरेको छ । आर्थिक कारोबारको लागि धेरै कठिनाइ भएपछि मोर्चाले असोज २६ गतेदेखि पाँच दिनसम्म बैकिङ्ग कारोबारको लागि खुल्ला गरिएको हो । दुई महिनादेखिको बन्दले गर्दा जनताको घरमा पैसा सकिएको थियो । दशैँ पर्वको मध्यनजर गरी बैँक खुल्ला गरिएको मोर्चाका संयोजक परमेश्वर साहले बताए । आमहडताल, नाकाबन्दी र यातायात बन्द जारी रहेको संयोजक साहले जानकारी दिए । मानवअधिकार आयोग लगायत मानवअधिकारकर्मीको गाडी र अति आवश्यक उपभोग्य सामग्री नरोकिने मोर्चाले जनाएको छ । बिनोदकुमार रविदास
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 2
INSEC

0 Comments