Incident Reports

बीरगञ्ज नाकामा धर्ना जारी, घरेलु हतियारसहित प्रदर्शन

2015-10-13

Madhes, Parsa, Birgunj, Ward 2

आन्दोलनकारीहरुले बीरगञ्जमा असोज २५ गते घरेलु हतियारसहीत प्रदर्शन गरेका छन् । बारा र पर्साका विभिन्न ग्रामीण क्षेत्रबाट टयाक्टरमा नागरिक प्रदर्शन गर्न सदरमुकाम आएका थिए । प्रदर्शनमा सहभागी आन्दोलनकारीले मुख्यतः जय मधेश, मधेसी एकता जिन्दावाद जस्ता दुई ओटा नारा मात्र लगाएका थिए । स्थानीय महिलाहरुले कुचो रुखका हाँगा प्रधानमन्त्री केपी ओली, निर्वतमान प्रधानमन्त्री सुशिल कोइराला, पूर्व प्रधानमन्त्री प्रचण्डको पुतला घरेलु हतियार फर्सातरवार झिरलगायतका घरेलु हतियारसहित प्रदर्शन गरेका थिए । असोज ७ गतेदेखि सङ्घीय मधेसी मोर्चा र लोकतान्त्रिक मधेसी मोर्चाको जारी सीमाको नाकाबन्दी असोज २५ गते पनि जारी छ । मोर्चाको धर्नाका कारण नेपालको मुख्य भन्सार नाका बीरगञ्जबाट कुनै पनि माल समान भित्रिन पाएको छैन । आन्दोलनको नाममा पछिल्लो समयमा उछृङ्खल र गलत क्रियाकलपाले समेत प्रोत्साहन पाउँदै गएको छ । सर्वसाधारणले व्यक्तिगत प्रायोजनका लागि ल्याएको डिजल, पेट्रोल लुटेर राखिदिने नष्ट गरिदिने मात्रै होइन पछिल्लो समयमा रकम लिएर सवारी साधन छोड्ने गरेको समेत रहस्य खुलेको छ । मोर्चाका कार्यकर्ताले रकम लिएर बीरगंज-२४ लिपानीविर्ता पटेलनगरमा रहेको प्रोबायोटिक इन्डष्ट्रीज प्रालिबाट उत्पादित दाना बोकेका सवारी छोड्ने गरेका हुन् । मोर्चाका कार्यकर्ताले उमेश साह कानु र अमर यादवले रकम लिएर दानाको गाडी छोड्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् । के.सी.लामिछाने
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Symbolic violence
Weapons Homemade/traditional firearms
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments