Incident Reports

शिक्षिकाको कुटपिटबाट बालकको हात भाँचिएको भन्दै प्रहरीमा उजुरी

2015-10-12

Lumbini, Arghakhanchi, Bhumekasthan, Ward 6

l ढिकुरा गाविस-६ स्थित देउराली प्राविकी शिक्षिका मौसमी बञ्जाडेको कुटपिटबाट सोही विद्यालयमा अध्ययनरत ११ वर्षीय बालक जीवन थापाको हात भाँचिएको भन्दै बालकका आफन्तले असोज २७ गते शिक्षिका बञ्जाडेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । विद्यालयमा अध्ययनरत बालकलाई गृहकार्य नगरेको भन्दै शिक्षिका बञ्जाडेले असोज २५ गते लाठीले कुटपिट गर्दा उनको बाँया हात भाचिएको थियो । कुटपिटबाट हात दुखेपछि स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचार गरिएकोमा जिल्ला अस्पतालमा थप उपचारका लागि लगिएकोमा बालकको हात भाँचिएको चिकित्सकले पुष्टि गरे । कक्षामा मिसले होमवर्क किन नगरेको भन्दै लाठीले हिर्काउनुभएको र छेक्दा वेञ्चमा लागेर हात भाँचिएको पीडित बालक जीवनले बताए । दण्डरहित अवस्थामा अध्यापन गराउने राज्यको नीति भएकोले कुटपिटमा संलग्न शिक्षिकालाई जिल्ला शिक्षा कार्यालयको तर्फबाट कारवाही प्रक्रिया अगाढि बढाउने विद्यालय निरीक्षक बलराम मिश्रले बताए । कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर युवराज तिमिल्सिनाले वताए । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments