Incident Reports

अनाथलयमा रहेका सत्र बालबालिकालाई अभिभावकको जिम्मा लगाइयो

2015-10-16

Karnali, Mugu, Khatyad

रुपन्देहीको एक अनाथलयबाट उद्धार गरिएका सेरी, श्रीकोट, खमाले र गम्था गाविसका सत्र जना बालबालिकाकालाई असोज २९ गते अभिभावको जिम्मा लगाइएको छ । अभिभावक हुँदाहुँदै राम्रो शिक्षा दिने भन्दै एक स्थानीय व्यक्तिमार्फत रूपन्देही जिल्ला देवदह गाविस-६ स्थित मायादेवी अनाथ तथा असाय बालबालिका संरक्षण केन्द्रमा बालबालिकालाई पुर्‍याइएको थियो । जिल्ला बाल कल्याण समिति रूपन्देही तथा केन्द्रीय बाल कल्याण समितिले उद्धार गरिएका बालबालिकालाई जिल्ला बाल कल्याण समिति मुगु र सम्बन्धित गाविस सचिवको रोहवरमा असोज २९ गते जिम्मा लगाइएको हो । बालबालिकाको आफन्त र ठेगाना पहिचान भएपछि जिल्लामा पुर्‍याई सम्बन्धित सरोकारवाला निकायको रोहवरमा अभिभावकको जिम्मा लगाइएको हिमाली नविन समाजका कार्यक्रम निर्देशक सम्जोर लामाले बताए । खमाले गाविसका चार, श्रीकोट गाविसका ६, सेरी गाविसका ६ र गम्था गाविसका एक गरी १७ जना बालबालिकालाई श्रीकोट गाविस-१ का अमर बानियाले ०७१ जेठदेखि ०७२ वैशाखसम्म रुपन्देहीको देवदहमा अनाथालय सञ्चालन गर्दै आएका शंकर प्यासी समक्ष पुर्‍याएको पीडित परिवारले जनाएका छन् । बानियाले प्रत्येक बालबालिकाका अभिभावकबाट आठ हजार रूपियाँदेखि १६ हजार रूपियाँ असुल गरि बालबालिकालाई रूपन्देही पुर्‍याएको पीडित बालबालिकाका अभिभावकले आरोप लगाए ।

0 Comments