Incident Reports

प्रहरीद्वारा मजदुरमाथि कुटपिट

2015-10-22

Province 1, Panchthar, Phidim, Ward 1

 फलैचा गाविस -९ स्थायी घर भई पाँचथर र इलाम जिल्लाको सीमानामा अवस्थित राँके बजारमा अस्थायी बसोबास गर्ने मजदुर ४३ वर्षीय रामकुमार राईलाई ०७२ कात्तिक ५ गते राँके प्रहरी चौकीका प्रहरीले कुटपिट गरेका छन् । सो प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मिङ्मा सेर्पा र हवल्दार रामदिनेश महतोले कुटपिट गरेको पीडितले बताए । पीडितको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । एक्स-रे गरेपछि मात्र पीडितको अवस्था थाहा हुने उपचारमा संलग्न डाक्टर उमेश साहले बताए । प्रहरीले भने उनलाई नियन्त्रणमा लिने क्रममा घटना भएको जनाएको छ । स्थानीय एक महिलाले उनीविरुद्ध गाली बेइज्जती गरेको भन्दै चौकीमा निवेदन दिएको र उनलाई सोधपुछका लागि लिन जाँदा बर्दीका प्रहरीमाथि हातपात गरेकाले सामान्य वल प्रयोग गर्नुपरेको सो चौकीका असई बिमल उप्रेतीले बताए । स्थानीयले भने प्रहरीले पीडितलाई सडकमा नै कुटपिट गरेको बताए । घटनाको विषयमा छानबिन भइरहेको र प्रहरीको गल्ती पाइए विभागीय कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गोविन्द झाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Violence during arrest/detention
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments