Incident Reports

पत्नी हत्याको आरोपमा पति गिरफ्तार

2015-10-24

भीमदत्त नगरपालिका-३ तिलकपुरकी ३२ वर्षीया कमला लुहारको हत्या गरेको आरोपमा ३५ वर्षीय पति राम लुहारलाई कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । कुटपिटबाट घाइते भएकी कमला लुहारको कात्तिक ७ गते उपचारको क्रममा भारतको खटिमामा मृत्यु भएपछि कुटपिट गर्ने पतिलाई जिल्ला प्रहरी कार्यालयले कात्तिक ८ गते गिरफ्तार गरेको छ । घरनजिकैको जङ्गलमा पति पत्निबीच विवाद भएपछि पति रामले मरणसान्न गरी कुटपिट गरेर मारेको कमलाका माइतीपक्षले आरोप लगाएका छन । कुटपिटबाट बेहोस भएकी कमलालाई उपचारका लागि भारतको खटीमा लगिएको थियो । यस अघि पनि रामले पत्निलाई कुटपिट गर्ने गरेको कमलाका दाइ नन्दसिंह सुनारले बताए । मृतक कमलाको महाकाली अञ्चल अस्पतालमा कात्तिक ८ गते पोष्टमार्टम भएको छ । मृतकका आफन्तको उजुरीको आधारमा राम लुहारलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी किशोरकुमार दाहालले वताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments