Incident Reports

विराटनगरमा आज पनि प्रहरी र आन्दोलनकारीबीच झडप

2015-10-27

Province 1, Morang, Biratnagar

विराटनगरको मलाय रोडमा प्रहरी र मधेसी मोर्चाबीच झडप भएको छ । मलाय सडक अवरोध गरि बसेका मोर्चा कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी उठाएपछि झडप भएको हो । केहीबेर अघि मोर्चा र प्रहरीबीच घम्साघम्सी चलेको थियो । सडक अवरुद्ध पार्न मोर्चाले राखेका सिसाका टुक्राहरु, ढुंगा लगायतका वस्तु अहिले प्रहरीले हटाएको छ । प्रहरीले आन्दोलनकारीलाई केहीपर लखेटेको छ । यसैगरी चुतवा क्षेत्रमा भने प्रहरी र प्रदर्शनकारीबीच दोहोर ढुंगा हानाहान भइरहेको छ । बिहानदेखि अहिलेसम्म आन्दोलनकारीले २ वटा विद्युतीय रिक्सा र एउटा मोटरसाइकल तोडफोड गरेका छन् भने विराटनगर-१७ मा रहेको एमएम प्लाष्टिक उद्योगमा ढुंगामुढा गरेर क्षति पुर्‍याएका छन् । अहिले यी क्षेत्रमा जनपथ प्रहरी र शसस्त्र प्रहरीको उपस्थिति बाक्लो पारिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Severely damaged Buildings 1
Severely damaged Vehicles 3
National/Online Media

0 Comments