Incident Reports

एक प्रहरी हवल्दारको रहस्यमय मृत्यु

2015-10-24

Lumbini, Palpa, Tansen, Ward 4

पाल्पा कारागारमा कार्यरत प्रहरी हवल्दार दिलबहादुर पाण्डेको रहस्यमय मृत्यु भएको छ । कारागारको सुरक्षार्थ ड्युटीमै खटिएको बखत आफूसँगै रहेको थ्री नट थ्री राइफलबाटै निस्केको गोली लागेर हवल्दार पाण्डेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । हवल्दार पाण्डेले आफैँ आत्महत्या गरेको हो या अन्य कुनै कारणबाट मृत्यु भएको भन्नेबारेमा शव परीक्षणपछि मात्र जानकारी हुने तिमिल्सिनाले बताउनुभयो । मृतक पाण्डेको घाँटीमा गोली लागेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । अर्घाखाँची–९ आँपखोला घर भएका पाण्डे १५ दिन अघि मात्रै घर बिदाबाट दसँैका बेला ड्युटीमा खटिएका थिए । रासस

0 Comments

Related Reports