Incident Reports

पत्नी हत्याका आरोपितविरुद्ध मुद्दा दर्ता

2015-10-22

Madhes, Saptari, Shambhunath

कञ्चनरुप नपा-१० की २५ वर्षीया सफिना खातुनको हत्या गरेको आरोपमा गिरफ्तार भएका उनका पति ३१ वर्षीय रहमुद मियाँविरुद्ध जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी ०७२ कात्तिक १० गते जिल्ला अदालतबाट म्याद थप गरेको छ । मृतकका बुवा सुनसरी जिल्लाको श्रीपुर जब्दी गाविस-८ का ५८ वर्षीय सदरुल मियाँले कात्तिक ५ गते दिएको जाहेरीका आधारमा आरोपितलाई प्रहरीले कात्तिक ६ गते घरबाट गिरफ्तार गरेको सई जयप्रकाश साहले जानकारी दिए । सई साहका अनुसार अन्य आरोपितहरू मृतकका ससुरा ५९ वर्षीय दिल महम्मद मियाँ, सासु ५४ वर्षीया बेचनी खातुन, जेठाजु ३३ वर्षीय आलम मियाँ, निजकी पत्नी २८ वर्षीया विवी खातुन र मितछोरा ३५ वर्षीय सुभान मियाँ फरार रहेका छन् । असोज २७ गतेदेखि वेपत्ता पीडितको लाश असोज २८ गते विहान १० बजे कञ्चनरुप नपा-१० स्थित आरोपितहरूले नै उब्जा गर्दै आएको डम्बरनारायण साहको धानखेतमा फेला परेको थियो । मृतकको असोज २८ गते राजविराजस्थित अञ्चल अस्पतालमा पोष्टमार्टम भएको थियो । मृतकका सात वर्षीय एक छोरा र तीन वर्षीया एक छोरी रहेका छन् । मनोहर कुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments