Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-10-19

Madhes, Saptari, Shambhunath, Ward 7

पन्द्रह वर्षीया बालिका बन्दुक देखाई बलात्कार गर्ने ३६ वर्षीय एक युवकलाई प्रहरीले गिरफ्तार गरी जबरजस्ती करणी मुद्दामा कात्तिक १० गते जिल्ला अदालतबाट म्याद थप गरेको छ । बालिकालाई धाकधम्की दिँदै कटुवा पेस्तोल देखाई घरबाट दुई सय मिटर उत्तर ऐलानी जग्गामा रहेको परालको माचमा पुर्‍याई आरोपितले कात्तिक २ गते राति ११ बजे बलात्कार गरेका थिए । पीडितले दिएको बयान र पीडितकी आमाले दिएको उजुरीका आधारमा मुद्दा दर्ता गरी कारबाही प्रकृया अगाडि बढाइएको डिएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । आरोपितलाई कटुवा पेस्तोलसहित कात्तिक ४ गते गिरफ्तार गरी जबरजस्ती करणी मुद्दामा कारबाही थालिएको डिएसपी चिमरियाले जानकारी दिए । घटनाबारे कसैलाई भने ज्यान मारिदिने धम्की दिँदै फरार रहेका आरोपित कात्तिक ४ गते गाउँ फर्केपछि पीडितका मामाघरतर्फका आफन्तले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कञ्चनरुप खबर गरेका थिए । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय कञ्चनरुपबाट सई जयप्रकाश साहको नेतृत्वमा गएको नौ जनाको टोलीले पेस्तोलसहित आरोपितलाई गिरफ्तार गरेको थियो । आरोपित ससुराली गाउँमा नै ऐलानी जमिनमा घर बनाई बसोबास गर्दै आएका थिए । पीडित बालिकाका तीन भाइ रहेका छन् । मनोहर कुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Other violent form
Weapons Small arms
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments