Incident Reports

विराटनगरबाट फोरमका जिल्ला अध्यक्षसहित तीनजना पक्राउ

2015-10-28

Province 1, Morang, Biratnagar

आन्दोलनरत संयुुक्त मधेसी मोर्चा आबद्ध मोरङका तीन प्रदर्शनकारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विराटनगरको धरानरोडस्थित शनिमन्दिर चोकमा सडक अवरुद्ध गरेर धर्नाका साथै कोणसभा गर्न लागेका सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादव, सोही पार्टीका जिल्ला सदस्य कन्हैयालाल साह र तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष मोहम्मद कादिरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले नियमविपरीत सडक अवरुद्ध गरेर धर्ना र कोणसभा गर्न लागेकाले प्रहरीले सम्झाउँदासमेत नमानेपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रमोदकुमार खरेलले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र कारबाहीको सम्बन्धमा जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेपछि आवश्यक कारबाही थालिने उनको भनाइ छ । यसैबीच, विराटनगरका सडकमा निर्वाधरुपमा सवारी साधन चलेको छ । यसअघि, मोर्चाका नेता तथा कार्यकर्ताले आंशिकरुपमा खुल्ला रहेको विराटनगर बजार बन्द गराउँदै जाँदा बजार क्षेत्रका केही व्यापारीले विरोध गरेपछि बन्दकर्ता र व्यापारीबीच तनाबको अवस्था सिर्जनासमेत भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Secondary Form Program Interference/Obstruction
Primary Cause Other political issues
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments