Incident Reports

​श्रीमानले मुक्का हान्दा श्रीमतीको मृत्यु

2015-10-27

Province 1, Khotang, Rupakot Majhuwagadhi

श्रीमानको मुक्का प्रहारबाट खोटाङमा एक महिलाको मृत्यु भएको छ। दिक्तेल नगरपालिका–७ का ५२ वर्षीय श्रीमान् ओमप्रसाद राईको मुक्का प्रहारबाट ५२ वर्षीया श्रीमती वुद्धिशोभा राईको ज्यान गएको हो। दुबैजना रक्सीले मातेको अवस्थामा सामान्य भनाभन हुँदा श्रीमान्ले मुक्का प्रहार गर्दा वुद्धिशोभाको ज्यान गएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए। हत्यामा संलग्न ओमप्रसादलाई नियन्त्रणमा लिएर कारबाही थालिएको माझीको भनाइ छ। घरमा कोही नभएको समयमा मङ्गलबार दिउँसो भएको सो घटना साँझ छोराबुहारी घर आएपछि मात्र थाहा भएको स्थानीयवासीले जनाएका छन्। मृतक वुद्धिशोभा घोप्टो परेर लडिरहेको भेटिएपछि सोधपुछ गर्दा श्रीमान् श्रीमतीबीच झगडा भएको बुझिएको स्थानीयवासीले बताएका छन्। मृतकको शव परीक्षणका लागि मङ्गलबार राति नै जिल्ला अस्पताल खोटाङ ल्याइएको प्रहरीले जनाएको छ। मृतकको शरीरको विभिन्न ठाउँमा नीलडाम देखिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Khotang

0 Comments