Incident Reports

आफ्नै दिदीमाथि बलात्कार गर्ने पक्राउ

2015-10-31

Bagmati, Bhaktapur, Suryabinayak, Ward 8

भक्तपुर प्रहरीले आफ्नै दिदीमाथि बलात्कार गर्ने एकजना पक्राउ गरेको छ। अनन्तलिङ्गेश्वर नगरपालिका–१३ बस्ने २० बर्षीय पुरुषलाई आफ्नै दिदीमाथि बलात्कारको अभियोगमा पक्राउ गरिएको एसपी किरण बज्राचार्यले सेतोपाटीलाई जानकारी दिईन्। स्थानीय ल कलेज नजिक बसोबास गर्दै आएका ती पुरुषले आफ्नै २२ बर्षीया दिदीमाथि बलात्कार गरेको उनले बताईन्। युवतीले जबरजस्ती करणी गरेको भनी महानगरीय प्रहरी बृत्त ठिमीमा निवेदन दिएपछि प्रहरीले उनका भाइलाई पक्राउ गरेको हो। ती पुरुषको श्रीमती गर्भवती रहेको र दिदीलाई कुटपीट गर्दै बलात्कार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। यसैगरी आफ्नै १० बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका–९ भातेढिकुरस्थित हनुमान इँटाभट्टामा काम गर्ने दाङ तुल्सीपुर नगरपालिका–३ का ४६ बर्षीय एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बलात्कार गर्ने बालिकाको झट्किलो बुवा रहेको प्रहरीले जनाएको छ। उनले बिहिबार छोरीलाई जबरजस्ती करणी गरेको भनी पीडित बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा निवेदन दिएपछि प्रहरीले पक्राउ गरेको हो। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। त्यस्तै बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा काभ्रे चलालगणेशस्थान–१ तार्थलीभन्ज्याङ बस्ने ७७ वर्षीय कृष्णबहादुर नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ। नगरकोटीले बिहिबार सोही ठाउँ बस्ने १३ बर्षीया बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी बज्राचार्यले बलात्कारको घटना नलुकाउन आग्रह गरेकी छिन। ‘कतिपय केशमा पारिवारिक दबाबका कारण युवती र बालिका प्रहरीसमक्ष उजुरी गर्न डराएको देखियो,’ उनले सेतोपाटीसँग भनिन् ‘समयमै प्रहरीसमक्ष उजुरी आए मुद्दा अघि बढाउन सहज हुन्थ्यो।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments