प्रहरीले चीनको झण्डा जलाउने कार्यमा संलग्न रहेको आरोपमा मधेसी मोर्चाका तीन जिल्ला स्तरीय ४ नेतालाई लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव, गणतान्त्रिक फोरमका विद्यार्थी नेता सञ्जय यादव , सद्भावनाका जिल्ला अध्यक्ष इम्दाद गददी, परिवार दलका ओमप्रकाश सर्राफ छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक होगिन्द्र बोगटीले पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको बताए ।
दुई दिनअघि वीरगञ्जमा भएको मधेसी मोर्चाको प्रदर्शनका क्रममा आन्दोलनकारीले चीनको झण्डा जलाएका थिए ।
मोर्चाले नेपालसँग चीनले पेट्रोलियम पदार्थ दिने सम्झौता गरेर अधिकारप्राप्तिको लागि मधेसमा भएको आन्दोलनमा असहयोग गरेको भन्दै मोर्चाले ब्याकअफचाइनाको प्लेकार्ड बोकिएको प्रदर्शनसहित चीनको झण्डा जलाएको थियो ।